Loading...
You are here:  Home  >  समाज  >  Current Article

मौसमः एक/दुई स्थानमा हल्का बर्षा

१० असोज,   खबरमञ्च,   at 7:38 AM

By   /  September 26, 2022  /  Comments Off on मौसमः एक/दुई स्थानमा हल्का बर्षा

    Print       Email

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।

हाल प्रदेश १ ,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली  रहेको छ।  प्रदेश नं १ का थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक/दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ। 

बिहान मुलुकभर बदली भई केही क्षेत्रमा वर्षा भइरहेको छ भने दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकी र कर्णालीका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले  उक्त क्षेत्रहरूमा भू–क्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिमका साथै  सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। 

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने  र  दैनिक जनजीवन समेत सामान्य प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

राति प्रदेश १ र मधेस प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।  

मङ्गलवार प्रदेश १, बागमती र गण्डकीका थोरै र बाँकी प्रदेशहरूका एक/दुई स्थानमा वर्षाको आङ्कलन गरिएको छ ।

बुधवार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतद्वारा कैफियत प्रतिवेदन माग

Read More →