Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

मैत्रीपूर्ण फुटबलः नेपालद्वारा बंगलादेश पराजित

११ असोज,   खबरमञ्च,   at 8:06 PM

By   /  September 27, 2022  /  Comments Off on मैत्रीपूर्ण फुटबलः नेपालद्वारा बंगलादेश पराजित

    Print       Email

काठमाडौं । नेपालले मैत्रीपूर्ण खेलमा दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मंगलबार बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको हो ।

नेपालको जितमा अन्जन विष्ट नायक बने । उनको ह्याट्रिकमा नेपालले सहज जित निकालेको हो ।

बंगलादेशका सजाद होसेनले एक गोल फर्काए । नेपालले खेलको १८ औं मिनेटमा अन्जनको गोलबाट सुरुआती बनाएको थियो ।

विमल घर्ति मगरको फ्रिकिकमा अन्जनले हेडरमार्फत गोल गरेका हुन् । २७ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए ।

३८ औं मिनेटमा अन्जनले ह्याट्रिक पूरा गर्दै नेपाललाई ३–० को अग्रता दिलाए । खेलको ५५ औं मिनेटमा सजाद होसेनले गोल गर्दै बंगलादेशलाई ३–१ को स्थितिमा ल्याए ।

त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र नेपाल ३–१ ले विजयी भयो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विश्वकप फुटबल भोलिदेखि, तयारी अन्तिम चरणमा

Read More →