Loading...
You are here:  Home  >  खबरमञ्च विशेष  >  Current Article

मेरो अभियानलाई सहयोग गरिदिनुस्ः धुर्मुस

जेठ १५,    at 6:07 PM

By   /  May 28, 2016  /  Comments Off on मेरो अभियानलाई सहयोग गरिदिनुस्ः धुर्मुस

    Print       Email

विर्तामोड । चर्चित हाँस्य कलाकार सीताराम कट्टेल धुर्मुशले सिन्धुपाल्चोक गिरानचौरमा आफूले सुरु गरेको भूकम्प पीडितका लागि नमुना बस्ती बनाउने अभियानमा सहयोग गरिदिन झापाबासीमा आग्रह गरेका छन् ।

झापाको विर्तामोडमा शनिबार पत्रकारहरुसंग कुरा गर्दै धुर्मुशले गृह जिल्ला झापाबासीको सहयोग आफ्ना लागि कोशेढुंगा सावित हुने बताए ।

उनले सिन्धुपाल्चोकमा सुरु गरिएको नमुना बस्तीमा ६५ भूकम्प पीडित घर परिवारलाई आगामी दशैंसम्ममा स्थानान्तरण गरिसकिने जानकारी दिए ।

धुर्मुशले आफ्ना दर्शकहरु रुँदा आफू हाँसेर बस्न नसकेर भूकम्प पीडितका लागि घर निर्माण गरिदिने अभियानमा लागेको बताए ।

उनले भने, ‘मलाई धुर्मुश बनाउने दर्शक रोएको म कसरी हेर्नसकुँ ?’ उनले आफू लगायत सम्पूर्ण कामदार विहान ६ बजेदेखि राति १० बजेसम्म खटिने गरेको बताए । उनले पहिला मोटरसाइकल पनि चलाउन नजान्ने आफू अहिले डोजर पनि चलाउन जान्ने भइसकेको बताए ।

उनकै सक्रियतामा केही महिनाअघि काभ्रेको पहरेगाउँमा १८ घरपरिवारका लागि बस्ती बनाइएको थियो । जहाँ करीब ६७ लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए ।

सिन्धुपाल्चोकमा सुरु गरिएको नमुना बस्ती बनाउन एक लाख ७४ हजार रुपैयाँबाट सुरु गरिएको उनको भनाई छ । उनले गृह जिल्ला झापाबासीलाई उक्त बस्ती निर्माणका लागि सहयोग गरिदिन आग्रह गरका हुन् ।

सिन्धुपाल्चोकमा बन्दै गरेको नमुना बस्तीमा ६५ वटा घर, एउटा सामुदायिक भवन, तीनवटा पार्क हुनेछन् । ति सबै घर बाल मैत्री, अपांग मैत्री, वातावरण मैत्री, सरसफाईयुक्त हुने धुर्मुशले बताए । उनले सहयोगका लागि धुर्मुश सुन्तली फाउन्डेसनको नाममा रहेको बैंक खाता नम्बर दिएका छन् । उनले कृषि विकास बैंकको खाता नम्बर ०२१०६०१०३३९२००२० मा सहयोग जम्मा गरिदिन सबैमा अनुरोध गरेका छन् । उक्त अभियानलाई सहयोग गर्दै झापाका पत्रकार प्रदिप परियारले दुई हजार रुपैयाँ सहयोग धुर्मुशलाई हस्तान्तरण गरे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

गोरू काटेर खाएको आरोपमा अर्जुनधारा झापाका तीन जना पक्राउ

Read More →