Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

मेयरले वडा कार्यालय भवन उद्घाटन गरे, उपमेयरले शिलालेखमा ढुंगा हानिन्, थुकिन्

१ कात्तिक,   खबरमञ्च,   at 6:15 PM

By   /  October 17, 2020  /  Comments Off on मेयरले वडा कार्यालय भवन उद्घाटन गरे, उपमेयरले शिलालेखमा ढुंगा हानिन्, थुकिन्

    Print       Email

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाको तीन वटा वडाले बनाएको भवन उद्घाटन कार्यक्रममा मेयरले उद्घाटन गरे भने उपमेयर शिलालेखमा ढुंगा प्रहार गरेकी छिन्।

भवन उद्घाटनका क्रममा मेयर मेयर ममताप्रसाद चौधरी र उपमेयर प्रेमकुमारी थापाको विवाद छताछुल्ल देखियो।

मेयर चौधरीले वडा नम्बर ७ को भवन उदघाटन गरिरहँदा उपमयेर थापा भने शिलालेखमा ढुंगा हान्न पुगिन्।

उक्त विवादको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। मेयरले उपमेयरको हात समातेर यस्तो नगर्न आग्रह गर्छन् तर उपमेयर झनझन आक्रोशित हुन्छिन्। त्यही बेला उपमेयर थापाले उक्त शिलालेखमा थुक्छिन्।

उनी आफ्नो मर्यादा कसले राख्ने भन्दै मुर्दावादको नारा लगाउन थाल्छिन्। मेयर मर्यादामा बस्न आग्रह गर्छन् तर उपमेयर झनझन आक्रोशित हुँदै प्रस्तुत हुन्छिन्। उपमेयरलाई पछाडीबाट केही व्यक्तिहरुले अराजक गतिविधि गर्न सहयोग गरेको देखिन्छ। उपमेयरलाई शान्त हुन सुरक्षाकर्मीले पनि आग्रह गर्छन् तर उनी आग्रहलाई मान्ने पक्षमा देखिन्‍नन्।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीः दसैंमा आफैंले पकाएर खाए खसीको मासु

Read More →