Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

मेची क्याम्पस प्रकरणः बामपन्थी क्याम्पस प्रमुखले खोसे ३९ जना शिक्षक-कर्मचारीको जागिर

२ असार,   खबरमञ्च,   at 7:39 AM

By   /  June 16, 2020  /  Comments Off on मेची क्याम्पस प्रकरणः बामपन्थी क्याम्पस प्रमुखले खोसे ३९ जना शिक्षक-कर्मचारीको जागिर

    Print       Email

विर्तामोड । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस मेची बहुमुखी क्याम्पस भद्रपुरका प्रमुख जीवन पोखरेलले क्याम्पसमा कार्यरत ३९ जना शिक्षक-कर्मचारीको जागिर खोसेका छन्।

बामपन्थी प्राध्यापकहरूको संगठन प्रगतिशील प्राध्यापक संघका प्रतिनिधि क्याम्पस प्रमुख पोखरेल ३९ जना शिक्षक तथा कर्मचारीको रोजीरोटीप्रति सजग र उदार नबनिदिँदा समस्या उत्पन्न भएको हो।

क्याम्पसका प्रमुख जीवन पोखरेल क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीप्रति अनुदार भएकाले आफूहरूको रोजीरोटी संकटमा परेको पीडितहरूले बताएका छन्।

३३ जना शिक्षक तथा ६ जना कर्मचारी मारमा परेका छन्।

सरकारको आदेश विपरीत क्याम्पस प्रशासनले करार शिक्षक तथा कर्मचारीलाई व्यवहार गरेको पाइएको हो।

सरकारले लकडाउन भएको अवस्थामा कर्मचारी तथा मजदुरलाई पारिश्रमिक दिन निर्देशन दिए पनि झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको कार्यकारिणी समितिले सरकारको आदेश विपरीत निर्णय गरेको हो।

क्याम्पस कार्यसमितिले जेठ २७ गते आन्तरिक स्रोतबाट करारमा नियुक्त गरिएका शिक्षक–कर्मचारीको तलब नदिने निर्णय गरेको हो। उक्त निर्णयले मेची क्याम्पसमा कार्यरत करिब ४० जना शिक्षक–कर्मचारी प्रभावित भएका छन्।

कार्यसमितिले करार अवधि थप्ने निर्णय गरे पनि लकडाउन खुलेपछि क्याम्पस सञ्चालन भएसँगै सोही अवधिबाट तलब दिने (काम गरेपछि दाम दिने) निर्णय गरेको नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ मेची बहुमुखी क्याम्पसका अध्यक्ष नेत्र प्रसाद नेपालले बताएका छन्।

१४ जना शिक्षकको जेठ २ गते करार अवधि सकिएको छ। तर परिस्थिति सहज भएका बेला जतिसुकै बेला पनि करार अवधि थपिने गरिएको थियो। पीडित एक जना शिक्षक गायत्री सुवेदीले क्याम्पस प्रशासनले बौद्धिक शोषण भएको बताइन्।

उनले भनिन्, ‘यो अवस्थामा क्याम्पस प्रशासनले हामीलाई अन्याय गरेको छ।’

उनीहरूप्रति गरिएको व्यवहारप्रति प्रजातान्त्रिक प्राध्यापकहरूले आपत्ति जनाएका छन् भने प्रगतिशील प्राध्यापकहरूले भने क्याम्पस प्रशासनको बचाव गर्दै आएको छ। क्याम्पस प्रमुख पोखरेल प्रगतिशील प्राध्यापकका प्रतिनिधि हुन्। मेची बहुमुखी क्याम्पस आन्तरिक स्रोत पनि मजबुद छ। क्याम्पसको नाममा सयौं विघा जमिन झापामै छ। तर अहिले संकटको घडीमा क्याम्पस प्रशासनले अन्यायपूर्ण तरिकाले अस्थायी तथा करारमा रहेका शिक्षक तथा कर्मचारीको रोजीरोटी खोस्ने काम गरेको छ।

क्याम्पस प्रमुख जीवन पोखरेलले आफूले नियमसंगत काम गरेको बताए।

उनले भने, ‘करारको सम्झौता अनुसार तलब खुवाउने निर्णय भएको हो।’

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

तलब निकासाको माग गर्दै निजी विद्यालयका शिक्षकहरूले सडक तताए

Read More →