Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

मेची अस्पताल भद्रपुरमा ज्यान गुमाएका सुनारको पिसिआर रिपोर्ट नेगेटिभ

२७ साउन,   खबरमञ्च,   at 8:48 PM

By   /  August 11, 2020  /  Comments Off on मेची अस्पताल भद्रपुरमा ज्यान गुमाएका सुनारको पिसिआर रिपोर्ट नेगेटिभ

    Print       Email

विर्तामोड । मेची अस्पताल भद्रपुरमा ज्यान गुमाएका कनकाई नगरपालिका ५ का १७ किशोर सुनारको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

मेची अस्पताल भद्रपुरका चिकित्सक डा. गोविन्द कँडेलका अनुसार मंगलबार साँझ आएको सुनारको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो।

मंगलबार बिहान सुनारको मेची अस्पताल भद्रपुरमा मृत्यु भएको थियो।

केही दिन अघि फुटबल खेल्दा बलले छातीमा लागेर सुनार घाइते भएका थिए।

घरमै आराम गरिरहेका उनको स्वास्थ्य अवस्था बिग्रिँदै गयो। उनी झापाको विर्तामोडमा रहेको बिएण्डसी अस्पताल उपचारका लागि आए। त्यो बेला उनको श्वासप्रश्वासमा समस्या भइरहेको थियो।

कोरोना भाइरसको सङ्क्रमणको शंका गरेर बिएण्डसी अस्पतालले पिसिआर रिपोर्ट माग्यो र उपलब्ध नगराए उपचार गर्न नसकिने उक्त अस्पतालले जानकारी दियो।

त्यहाँ उपचार संभव नभएपछि विर्तामोडकै कनकाई अस्पताल उपचारका लागि गए। त्यहाँ पनि पिसिआर रिपोर्ट मागे। त्यहाँ पनि सुनारको उपचार संभव भएन।

मंगलबार बिहानको राति करिब २ बजेतिर उनलाई लिएर उनका अभिभावक मेची अस्पताल भद्रपुर पुगे। मेची अस्पताल भद्रपुरले भर्ना गरेर उपचार शुरु गरेको थियो। तर केही क्षणपश्चात शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएपछि उनलाई भ्यान्टिलेटरसहितको सघन उपचार चाहियो।

मेची अस्पतालमा उक्त सुविधा नभएपछि भ्यान्टिलेटरका लागि भद्रपुरकै ओम साई पाथिभरा अस्पताल सुनारलाई रेफर गरियो। त्यहाँ पनि पिसिआर कै रिपोर्ट मागेपछि उनलाई लिएर उनका अभिभावक फेरि मेची अस्पताल नै पुगे। त्यहाँ इमरजेन्सी कक्षमा उनको मृत्यु भएको मेची अस्पतालका चिकित्सक डा. गोविन्द कँडेलले जानकारी दिए।

झापाको विर्तामोडमा रहेको विर्तासिटी अस्पतालले सुनारलाई उपचारका उक्त अस्पतालमा नल्याइएको जनाएको छ।

अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले विर्तासिटी अस्पतालमा उपचारका लागि ल्याइएको भनेर समाचार प्रकाशित भएपछि उनको रिकेर्ड तथा सिसिटिभी फुटेज हेर्दा त्यस्तो नपाइएको बताए।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापाकाे भद्रपुरमा विभिन्न पार्टी परित्याग गरी १८६ जना नेकपा प्रवेश

Read More →