Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

मेचीनगर-६ की स्थानीय महिलासहित झापामा ५ जनामा कोरोना संक्रमण

३० भदौ,   खबरमञ्च,   at 4:36 PM

By   /  September 15, 2020  /  Comments Off on मेचीनगर-६ की स्थानीय महिलासहित झापामा ५ जनामा कोरोना संक्रमण

    Print       Email

विर्तामोड । झापामा मंगलबार पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि हुनेमा १ जना महिला र ४ जना पुरुष रहेका छन्।

महिला मेचीनगर नगरपालिका ६ की स्थानीयबासी रहेकी छिन् भने ४ जना पुरुष भारतबाट आएर होटल क्वारेन्टिनमा बसेका हुन्।

संक्रमित पुरुषहरू बाहिर जिल्लाका रहेका स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंले जानकारी दिए।

झापामा जम्मा संक्रमितको संख्या ७४३ पुगेको छ। सोमबारसम्म डिस्चार्ज हुनेको संख्या ६१२ रहेको चौंलागाईंले बताए।

सोमबारसम्मको आइसोलेसनमा रहेकाहरूको संख्या १२७ रहेको उनले जानकारी दिए।

झापामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ रहेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

थप ९ प्रकारका ह्यान्ड स्यानिटाइजरमा प्रतिबन्ध, प्रयाेग नगर्न सर्वसाधारणमा अपिल

Read More →