
बिर्तामोड । एक जना स्थानीयबासीलाई कुटपिट गरी मारेको अभियोगमा प्रहरीले मेचीनगरबाट तीन जनालाई पक्राउ गरेको छ।
झापाको मेचीनगर नगरपालिका वार्ड नं ४ आमडाँगीका ५० वर्षीय पूर्णबहादुर प्रधानलाई कुटेर मारेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मेचीनगर–४ का दिवस लुङ्गेली, प्रेम भनिने बेमा दोर्जी तामाङ र बिशाल तामाङ रहेका छन्। उनीहरुले आइतबार प्रधानलाई कुटेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाका अनुसार प्रधानको उपचारका क्रममा आइतबार राति मृत्यु भएको थियो।
आम्दा अस्पताल धुलावारीमा उपचारका क्रममा गएराति प्रधानको मृत्यु भएको थापाले बताए।