Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

मेक्सिकोमा गोली चल्यो, ९ जनाको मृत्यु

२६ कात्तिक,   खबरमञ्च,   at 8:30 AM

By   /  November 12, 2022  /  Comments Off on मेक्सिकोमा गोली चल्यो, ९ जनाको मृत्यु

    Print       Email

काठमाडौं । हतियारधारीहरूले मध्य मेक्सिकोको गुआनाजुआटो राज्यको एउटा बारमा आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ ।  

उक्त हत्यामा लागू औषध तस्करहरु संलग्नता रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् । अपासियो एल अल्टो सहरमा उक्त हमला भएको हो । 

हतियारधारी पुरुषको समूहले लेक्सस बारमा हमला गर्दा पाँच पुरुष र चार महिलाको मृत्यु भएको बताइएको छ । स्थानीय सञ्चारमाध्यमले पछिल्लो आक्रमण सान्ता रोजा डे लिमाका नेता जुआन रोडोल्फो येपेजको मंगलबार पक्राउ गरेको बदला भएको बताएका छन् ।

गुआनाजुआटो एक औद्योगिक राज्यमा जलिस्को न्यु जेनेरेसन र सान्ता रोजा डे लिमा ड्रग तस्करबीच हिंसात्मक झडप हुने गर्छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

रुसको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

Read More →