
कठमाडौं। नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारको निर्णयको स्वागत गरेको छ। कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले विज्ञप्ति सार्वजनिक गर्दै पार्टीका नेतामाथि लागेका मुद्दा फिर्ता लिने निर्णयको स्वागत गरेका हुन्।
‘देउवा सरकारको यो निर्णयलाई नेपाल कम्युनिस्ट पार्टी स्वागत गर्दछु,’प्रकाण्डले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ,’प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, कानुमन्त्री गोविन्द बन्दी कोइराला र महान्यायाधिवक्ता खम्बबहादुर खाती लगायत वार्ता प्रक्रियामा सहभागी सबैलाई पार्टी धन्यवाद ज्ञापन गर्दछ ।’
मन्त्रिपरिषद् बैठकबाट मुद्दा खारेजी र बन्दी नेता कार्यकर्ता रिहा गर्ने निर्णय भएपछि प्रकाण्डले धन्यवाद दिएका हुन्। भाद्र २७ गतेको मन्त्रिपरिषद्को बैठकले यसबीचका सहमति कार्यान्वयन गर्दै मुद्दा फिर्ता लिने निर्णय गरेको हो।यसअघिको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा सरकार अघि बढेको भन्दै विज्ञप्तिमा खुशी व्यक्त गरिएको छ ।