Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

मुख्यमन्त्री राईलाई कोरोना संक्रमण

१७ साउन,   खबरमञ्च,   at 12:10 PM

By   /  August 2, 2022  /  Comments Off on मुख्यमन्त्री राईलाई कोरोना संक्रमण

    Print       Email

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना संक्रमण भएको छ ।

सोमबार पीसीआर जाँच गर्दा उनलाई कोरोना संक्रमण देखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिएका छन् ।

मुख्यमन्त्रीका सचिवालयका १६ जनाको सोमबार पीसीआर परीक्षण गरिँदा मुख्यमन्त्री राईसहित उनकी श्रीमती शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईमा कोरोना संक्रमण देखिएको हो ।

पोखरेलका अनुसार कोरोना संक्रमित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमित तीनै जना हाल होम आइसोलेसनमा रहेका छन् ।

मुख्यमन्त्री राईलाई कोरोना संक्रमण भएपछि भेटघाटलगायतका काम स्थगित गरिएको पोखरेलले जनाएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

लोसपा नेतृ चन्दा चौधरी कांग्रेस प्रवेश

Read More →