Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

मुख्यमन्त्री पोखरेलले भनेः ‘बुटवल नै स्थायी राजधानी हुनुपर्छ भनेर देउवाजीले भन्नु भएको थिएन’

२० असाेज,   खबरमञ्च,   at 2:46 PM

By   /  October 6, 2020  /  Comments Off on मुख्यमन्त्री पोखरेलले भनेः ‘बुटवल नै स्थायी राजधानी हुनुपर्छ भनेर देउवाजीले भन्नु भएको थिएन’

    Print       Email

काठमाडौं । प्रदेशको राजधानीको विषयलाई लिएर प्रतिपक्षी कांग्रेसका सा‌ंसदहरुले प्रदेश ५ को प्रदेशसभा बैठकमा तोडफोड गरेपछि मुख्यमन्त्री शंकर पोखरेलले तत्कालिन प्रधानमन्त्री शेरबहादर देउवाले नै बुटवल अस्थायी राजधानी मात्र भएको बताएको भन्दै ठूलो रुपमा नलिन आग्रह गरेका छन् ।

देउवाले बुटवललाई आफ्नो सरकारले अस्थायी राजधानीका रुपमा मात्र तोकेको भन्दै स्थायी राजधानी बनाउने विषय प्रदेशसभाकै हातमा रहेको प्रदेश बताएको मुख्यमन्त्री पोखरेललको भनाइ छ । ‘अस्थायी राजधानी तोकेपछि प्रदेशका जिल्ला भ्रमणमा आउनु भएको बेला देउवाजी ले भन्नुभएको थियो,अहिले त अस्थायी राजधानी तोकिएको हो।प्रदेशको स्थायी राजधानी तोक्ने अधिकार प्रदेश सभालाई नै छ । उहाँले बोलेका रेकर्ड सुरक्षित पनि छन्,’मुख्यमन्त्री पोखरेलले भने ।

अहिलेको भौगोलिक अवस्थाले भालुवाङलाई धेरैले राजधानीका रुपमा स्वीकार गर्न नचाहेको कुरा गर्दै उनले आगामी दिनमा अवस्था फेरिने र सबैको पायक पर्ने स्थान बन्ने दाबी गरे । यसबाहेक राजधानीका रुपमा भालुवाङमा पूर्वाधार निर्माण नभएसम्म बुटवलमै रहने भन्दै व्यापारी व्यवसायी सबैको अनुकूलको वातावरण बन्ने बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

केन्द्रलाई कर्णाली प्रदेशकाे काउन्टर: काेराेना संक्रमितकाे नि:शुल्क परीक्षण र उपचार

Read More →