Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

मिस युनिभर्स नेपाल अंशिकाले झापाका १४ जना विद्यार्थीलाई पढाउने जिम्मा लिइन्

२९ फागुन,   खबरमञ्च,   at 7:57 AM

By   /  March 13, 2021  /  Comments Off on मिस युनिभर्स नेपाल अंशिकाले झापाका १४ जना विद्यार्थीलाई पढाउने जिम्मा लिइन्

    Print       Email

बिर्तामोड । मिस युनिभर्स नेपाल – २०२० अंशिका शर्माले झापाको कनकाई नगरपालिकाका १४ जना विद्यार्थीलाई पढाउने जिम्मा लिएकी छिन्।

शर्माले ‘अंशिका एजुकेसन वेल्फेयर फाउन्डेसन’ स्थापना गरेर त्यही फाउन्डेसनमार्फत ती १४ जना विद्यार्थीलाई पढाउने जिम्मा लिएकी हुन्।

एक महिना अघिदेखि उनीहरूलाई पढाउने जिम्मा आफूले लिएको उनले देशसञ्चारलाई बताइन्।

मिस युनिभर्स नेपाल-२०२० विजेता हुँदा पाएको नगद पुरस्कार १० लाख रूपैयाँबाट ती विद्यार्थीहरूको शिक्षामा लगानी उनले थालेकी हुन्।

उनले भनिन्, ‘उनीहरू जति तहसम्म पढ्न सक्छन् हामी पढाउँछौं।’

१४ जना बालबालिकालाई विद्यालय शुल्क, पोशाक, विद्यालय जाँदा/आउँदाको यातायात खर्च, पाठ्यक्रम सामग्री, पौष्टिक खाना, आवास, बालिकाको स्वास्थ्यसम्बन्धी औषधीजन्य सामग्रीलगायत सबै सेवा उपलब्ध गराइने अंशिकाले बताइन्।

आफ्नै जिल्लाका विपन्न परिवारका विद्यार्थीलाई सहयोग गर्न पाएकोमा खुशी लागेको उनले बताइन्।

अंशिकाले भनिन्, ‘माध्यमिक तहका तीन जना छन्। अरु सबै प्राथमिक तहका छन्।’

कनकाई नगरपालिकाका ४ वटा विद्यालयमा पढिरहेका १४ जना विद्यार्थीलाई पढाउने जिम्मा आफूले लिएको उनले बताइन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अर्को सूचना जारी नभएसम्म एसईई र कक्षा १२ को परीक्षा स्थगित

Read More →