Loading...
You are here:  Home  >  छापामा  >  Current Article

मिर्गौलाका बिरामी उपचार नपाएर छटपटाउन थाले

१४ चैत,   खबरमञ्च,   at 7:28 AM

By   /  March 27, 2020  /  Comments Off on मिर्गौलाका बिरामी उपचार नपाएर छटपटाउन थाले

    Print       Email

काठमाडौं । राज्यको सम्पूर्ण शक्ति कोरोनाविरुद्ध केन्द्रीत छ। देश लकडाउन छ, सर्वसाधारण घरमा ‘सेल्फ क्वारेन्टाइन’ मा छन्।

यो विषम परिस्थितिमा मिर्गौलाका बिरामी भने उपचार नपाएर छटपटाउन थालेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

मिर्गौला डायलाइसिस गरेर बाँचिरहेका बिरामीको नियमित उपचार देश लकडाउनसँगै रोकिएको छ।

सातामा दुईपटक डायलाइसिस गराउनुपर्ने उनीहरुको जीवन नै जोखिममा परेको छ।

सार्वजनिक गाडी नचल्दा घरदेखि टाढा अस्पताल पुग्न सकेका छैनन्। पैसा खर्च गरेर एम्बुलेन्समा जान विपन्न रोगी असमर्थ छन्।

तर, प्रधानमन्त्री नै मिर्गौलारोगी भएको सरकारले यो संकटमा तमाम मिर्गौलारोगीको समस्यामाथि नजर पुर्याएको छैन।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक, मजदुर र असहायका लागि उपलब्ध गराइने

Read More →