
मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका वार्ड नं १ को बर्खेमा बम बिस्फोट भएको केही घण्टा बित्न नपाउँदै अर्को एउटा शंकास्पद बस्तु फेला परेको छ।
गए राति १२ बजे सोही स्थानमा कुकर बम बिसफोट भएको गाउँपालिकाका निवर्तमान अध्यक्ष देवी आचार्यले जानकारी दिए।
उक्त बिस्फोट भएको केही घण्टा बित्न नपाउँदै पुनः अर्को शंकास्पद बस्तु फेला परेको उनले बताए।
टाँढी माबि सिनेटार मतदान केन्द्र भन्दा करिब १२ किलोमिटर टाढा रहेको दुर्गम गाउँमा बम बिस्फोट भएको र अर्को शंकास्पद बस्तु फेला आचार्यले बताए।
अहिले त्यहाँ नेपाली सेनाको बम डिस्पोजल टोली गएको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए।
साँच्चैको बम हो वा नक्कली भन्ने किटान भइनसकेको प्रजिअ दाहालले बताए।