Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

माओवादी केन्द्रले फिर्ता लियो ओली सरकारलाई दिएको समर्थन

२१ बैशाख,   खबरमञ्च,   at 5:37 PM

By   /  May 4, 2021  /  Comments Off on माओवादी केन्द्रले फिर्ता लियो ओली सरकारलाई दिएको समर्थन

    Print       Email

काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

लामो समय समर्थन फिर्ता लिने विषयमा पार्टीमा छलफल भए पनि माओवादी उक्त निर्णयमा पुग्न सकेको थिएन।

तर मंगलबार बसेको स्थायी कमिटीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकार अब अल्पमतमा परेको छ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन बैशाख २७ संसद बैठक आह्वान गरेका छन्।

समर्थनका लागि ओलीले जनता समाजवादी पार्टीका नेताहरूसंग बारम्बार छलफल गरेका छन्। जसपाका नेता तथा कार्यकर्ता मुद्दा फिर्ता लिनेसम्मका निर्णय मन्त्रिपरिषदले गरिसकेको छ।

तर ओली सरकारलाई समर्थन दिन वा नदिने विषयमा जसपा एकमत छैन।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विपक्षीको कसरत खेर गयो, प्रधानमन्त्रीमा फरि पनि ओली नै

Read More →