Loading...
You are here:  Home  >  सुरक्षा/अपराध  >  Current Article

महिला चरित्र हत्या गर्ने सामाग्री प्रसारण गर्ने चार युट्युबर पक्राउ

१३ असोज,   खबरमञ्च,   at 6:43 PM

By   /  September 29, 2021  /  Comments Off on महिला चरित्र हत्या गर्ने सामाग्री प्रसारण गर्ने चार युट्युबर पक्राउ

    Print       Email

काठमाडौं । महिलाको चरित्र हत्या गर्ने चार जना युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ।

युट्युब च्यानलमार्फत महिलाको चरित्रहत्या गर्ने भिडियो, अन्तरवार्ता तथा फोटोसहितको विवरण प्रसारण गर्ने चार जना पक्राउ परेका हुन्।

नेपाल प्रहरीको साइबर ब्युरोले महिलाको चरित्र हत्या हुने गरी भिडिओ अन्तर्वार्ता लिएको आरोपमा चार जना युट्युबरलाई बुधबार पक्राउ गरेको हो।

साइबर ब्यूरोका प्रवक्ता तथा वरिष्ठ उपरीक्षक नविन्द्र अर्यालकाअनुसार विभिन्न युट्युब च्यानलबाट पीडित महिलाको तस्विरसहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुऱ्याएको आरोपमा चार युट्युबरलाई बुधबार पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङ घर भइ काठमाडौं गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी, हरेक पलको खबरका सञ्चालक नुवाकोट घर भइ काठमाडौंको नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी, सराइचुली मिडियाका सञ्चालक मोरङ घर भइ काठमाडौंको पेप्सीकोला बस्ने पिंकला कार्की र मोर्डन अनलाइन टिभीका सञ्चालक दोलखा घर भइ गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

१४ ग्राम ब्राउन सुगरसहित झापाबाट एक पुरुष पक्राउ

Read More →