Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

महिनौंदेखि बन्द तातोपानी नाका सोमबारदेखि सञ्चालन हुँदै

१८ असोज,   खबरमञ्च,   at 7:02 PM

By   /  October 4, 2020  /  Comments Off on महिनौंदेखि बन्द तातोपानी नाका सोमबारदेखि सञ्चालन हुँदै

    Print       Email

काठमाडौं । तीन महिनादेखि बन्द तातोपानी नाका सोमबारबाट सञ्चालन हुने भएको छ।

चीनको स्वशासित क्षेत्र तिब्बतको खाशामा अड्किएका सामान नेपाल भित्राउन तातोपानी नाका संचालन हुन लागेको हो। असार २५ गतेबाट बन्द तातोपानी नाका आयातका लागि मात्रै खुल्ने र निर्यात भने नहुने बताइएको छ।

खासा क्षेत्रमा नेपाली ब्यबसायीका डेढ सयको संख्यामा मालबाहक कन्टेनर छन्। ती कन्टेनर नेपाल भित्राउन नाका खुल्न लागेको हो। असोज १३ गते दुई देशबीचको मितेरी पुलमा सिन्धुपाल्चोकका प्रशासनका उच्च अधिकारी र तिब्बतको न्यालाम प्रशासनको उच्च अधिकारीहरुको संयुक्त बैठकले तातोपानी नाका असोज १९ गतेबाट सुचारु गर्ने सहमति भएको थियो।

खासा क्षेत्रबाट कन्टेनर भित्रिएपछि सो नाका बन्द हुने वा संधैं सुचारु हुने भन्ने बिषयबारे केही निर्णय नभएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

खासा क्षेत्रमा रहेको सामान चिनियाँ भन्सार एजेन्टले मितेरी पुलसम्म ल्याएर झारिदिन्छन् । मितेरी पुलबाट तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयमा पिसिआर नेगेभिट रिपोर्ट आएका नेपाली मजदुरले लोड गरी ल्याउनेछन् । सामान लोड अनलोड गर्ने चिनियाँ र नेपाली मजदुरको प्रत्येक हप्ता कोभिड १९ परीक्षण भइरहने प्रजिअ ढकालले बताए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

१६ करोड मूल्य बराबरका म्याद नाघेका मख्खन बरामद

Read More →