Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

महारानी एलिजावेथको शव बालमोरल क्यासलबाट एडिनबर्ग दरबार परिसरमा

२७ भदौ,   खबरमञ्च,   at 10:35 AM

By   /  September 12, 2022  /  Comments Off on महारानी एलिजावेथको शव बालमोरल क्यासलबाट एडिनबर्ग दरबार परिसरमा

    Print       Email

एजेन्सी । दिवंगत बेलायतकी महारानी एलिजावेथको शव बालमोरल क्यासलबाट एडिनबर्ग दरबार परिसरमा रहेको होलिरूड हाउसमा ल्याइएको छ ।

स्कटल्याण्डको बालमोरल दरबारबाट गाडीमा शव ल्याउन ६ घण्टा लागेको थियो ।

शव ल्याउने शहर, गाउँ र बाटोभरी मानिसहरू लाइन लागेर दिवंगत महारानीप्रति श्रद्धाञ्जली दिएका थिए ।

बिरामी अवस्थाकी महारानी आरामका लागि स्कटल्याण्ड गएको बेला त्यही नै उनको निधन भएको थियो ।

शव एडिनबर्ग आईपुगेपछि शाही पाश्ववर्ती सेनाले सलामी दिएको थियो । त्यसपछि गद्दी बैठकमा राखेर दरबारका कर्मचारी तथा आफन्तहरूले श्रद्धाञ्जली दिएका थिए ।

महारानीको शवलाई साेमबार सेन्ट गिल्स क्याथेड्रलमा लगिने भएकाे छ । जहाँ नवनियुक्त राजारानी तथा शाही सदस्यहरूको उपस्थितिमा पादरीहरूले प्रार्थना गर्ने छन् ।

स्कटल्याण्डका जनताको दर्शनका लागि शवलाई २४ घण्टा सोही स्थानमा राख्ने परम्परा रहेको छ । मंगलबार साँझ शव पुनः बकिङघम दरबारमा लगेर वेस्टमिन्स्टर हलमा राखिने छ ।

सेप्टेम्बर १९ दिन बिहान महारानी एलिजावेथको अन्त्यष्टि वेस्टमिन्स्टर हलमै गरिने भएकाे छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बेलायतकी महारानीको निधनमा नेपाल सरकारले ३ दिन शोक मनाउने

Read More →