Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

महाकवि देवकोटाको कविकुञ्ज सङ्ग्रहालयमा परिणत

१५ असोज,   खबरमञ्च,   at 8:30 AM

By   /  October 1, 2022  /  Comments Off on महाकवि देवकोटाको कविकुञ्ज सङ्ग्रहालयमा परिणत

    Print       Email

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौँ महानगरपालिका–३० मैतीदेवीस्थित कविकुञ्ज लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयमा परिणत भएको छ ।

शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सङ्ग्रहालय उद्घाटन गरेका हुन् । करिब एक रोपनी जग्गासहितको चार तले घर निर्माण गरी प्रतिष्ठानले कविकुञ्जलाई सङ्ग्रहालयका रूपमा स्थापित गरेको हो ।

महाकवि देवकोटाको जीर्ण भइसकेको घर भत्काएर पुरानै स्वरूपमा भवन बनाएर सङ्ग्रहालय बनाइएको प्रतिष्ठानले जनाएको छ । संग्रहालय निर्माण लागत रु सात करोड ११ लाख लागेको प्रतिष्ठानले जानकारी दिए ।

सङ्ग्रहालयमा महाकवि देवकोटाका पोशाक, पाण्डुलिपिसहित प्रकाशन भएका कृतिलगायतमा सामाग्री राखिएको छ भने देवकोटाको शालिक पनि राखिएको छ । सङ्ग्रहालय २३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

स्वरसम्राट नारायण गोपालको ३२ औं स्मृति दिवस मनाइँदै

Read More →