Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

मलेसियामा जारी एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिपमा कुवेतमाथि नेपालको जित

४ असार,   खबरमञ्च,   at 4:14 PM

By   /  June 18, 2022  /  Comments Off on मलेसियामा जारी एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिपमा कुवेतमाथि नेपालको जित

    Print       Email

काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिपमा नेपालले कुवेतमाथि जित निकालेको छ ।

शनिबार कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । किनरारा ओभलमा नेपालले दिएको १०८ रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ७  विकेट गुमाएर मात्र ८२  रन बनाउन सक्यो ।

कुवेतका लागि प्रियादा मुरालीले ३१ रनको योगदान गरिन् । त्यस्तै मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन बनाइन् । बलिङतर्फ नेपालका लागि सीता रानामगरले दुई विकेट लिइन् । त्यस्तै अश्मिना कर्माचार्य, संगीता राई र इन्दु वर्माले एक एक विकेट लिइन्  ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०७ रन बनायो । नेपालका लागि कप्तान रुबिना छेत्रीले सर्वाधिक ३४ रनको योगदान गरिन् । त्यस्तै इन्दु बर्माले २८ रन बनाउँदा ज्योती पाण्डेले १५ रन जोडिन् ।

नेपालकी विन्दु रावलले ११ रनको योगदान गरिन् । बलिङतर्फ कुवेतका लागि मारिमा हेदरले दुई विकेट लिइन् । मारियम ओमार र खादिला खाजिलले एक एक विकेट लिइन् ।

जितसँगै नेपालले २ खेलमा ४ अंक जोडेको छ ।  समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । जितपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

एन्फा अध्यक्षमा पंकज नेम्बाङ निर्वाचित

Read More →