Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

मलाई पदमुक्त गरेकोमा राष्ट्रपतिज्यूलाई धन्यवादः अमिक शेरचन

२१ बैशाख,   खबरमञ्च,   at 10:46 AM

By   /  May 4, 2021  /  Comments Off on मलाई पदमुक्त गरेकोमा राष्ट्रपतिज्यूलाई धन्यवादः अमिक शेरचन

    Print       Email

पोखरा । बर्खास्तीमा परेका गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले ‘जेलभित्र’बाट मुक्ति पाएको अनुभूति आफूलाई भएको बताएका छन्।

मंगलबार बिहान पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश प्रमुखहरूको बर्खास्तीले सत्ता निरंकुशता तर्फ लागेको अनुभूति आफूलाई भएको बताए।

उनले आफूलाई ‘जेलमुक्त’ गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिए।

उनले भने, ‘मलाई पदमुक्त गरिदिनु भएकोमा राष्ट्रपतिज्यूलाई धेरै धेरै धन्यवाद दिन्छु।’

आफू पदको लागि राजनीति गरेको व्यक्ति नभएको पत्रकार सम्मेलनमा उनले बताए।

पूर्वराष्ट्रपति डा. रामवरण यादवको कार्यकाल समाप्तिपछि राष्ट्रपतिका लागि पनि आफूलाई प्रस्ताव आए पनि त्यस्लाई आफूले नस्वीकारेको उनको भनाइ थियो।

आफ्नो राजनीतिक आस्था कहिले पनि नमर्ने र बिक्री नगर्ने शेरचनले बताए। अहिलेको पदमुक्त गर्ने सरकारको काम ठिक नभएको र निरंकुश सत्ताले मात्र त्यस्ता काम गर्ने उनले बताए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राष्ट्रपति कार्यालयले भन्योः प्रधानमन्त्रीमा कसैको दाबी आएन

Read More →