Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

मन्त्री बन्ने बामदेवकाे याेजनामा सर्वाेच्चकाे ब्रेक

७ असाेज,   खबरमञ्च,   at 8:40 PM

By   /  September 23, 2020  /  Comments Off on मन्त्री बन्ने बामदेवकाे याेजनामा सर्वाेच्चकाे ब्रेक

    Print       Email

काठमाडाैं । राष्ट्रियसभा सदस्यमा भर्खरै मनाेनित भएका नेकपा उपाध्यक्ष बामदेव गाैतम तत्काल मन्त्री बन्न नपाउने भएका छन् ।

गाैतमकाे मनाेनयन असंवैधानिक भन्दै परेकाे सर्वाेच्चमा परेकाे रिटमाथि सुनुवाइ गर्दै न्यायाधिश  आनन्दमोहन भट्टराईको एकल इजलासले तत्काल थप कुनै संवैधानिक जिम्मेवारी नदिन सरकारकाे नाममा आदेश जारी गरेसँगै मन्त्री बन्ने बाटाे बन्द भएकाे हाे ।

सर्वाेच्चले गाैतम राष्ट्रियसभामा मनाेनित भइसकेकाे विषयले गम्भीर संवैधानिक व्याख्याको आवश्यकता देखाएको भन्दै संवैधानिक इजलासबाट निरुपण गर्नु पर्ने उल्लेख गरेकाे छ ।

‘नेपालको संविधानले अ‌ंगिकार गरेको बहुदलीय लोकतन्त्रिक शासन व्यवस्थाको परिप्रेक्षमा संविधानमा उल्लेख भएका समस्त प्रावधानहरुको कसरी उल्लेख हुनुपर्ने हो, के गर्दा संबैधानिक रुपमा स्थीर व्यवस्था हुनसक्छ भन्ने विषयमा गम्भीर संबैधानिक व्याख्याको प्रश्न उत्पन्न हुन आएको छ,’ सर्वोच्चले आदेशमा भनेकाे छ ।

यसबाहेक संविधान जारी भएपछि यस्तो प्रकृतिको संवैधानिक विवाद पहिलो पटक देखिएकाले यसको निरुपण संविधानवाद, सार्वभौम जनताप्रतिको उत्तरदायित्व, लोकतान्त्रिक विधि, सुशासन, संवैधानिक नीति एवं संवैधानिक नैतिकताका सिद्धान्तसमेतलाई दृष्टिगत गरी दीर्घकालसम्म स्थायी संवैधानिक मान्यता कायम हुने गरी गर्नुपर्ने पनि सर्वोच्चकाे आदेशमा भनिएकाे छ ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रधानमन्त्रीकाे ‘रअ’ प्रमुखसँगको भेटले राष्ट्रिय सुरक्षामा ‘थ्रेट’ भयोः गगन थापा

Read More →