Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

मन्त्री फेर्ने निर्णय अबको केही घण्टामै कार्यान्वयन हुन्छः एकीकृत समाजवादी

९ असार,   खबरमञ्च,   at 4:35 PM

By   /  June 23, 2022  /  Comments Off on मन्त्री फेर्ने निर्णय अबको केही घण्टामै कार्यान्वयन हुन्छः एकीकृत समाजवादी

    Print       Email

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले मन्त्री फेर्ने निर्णय छिटै कार्यान्वन हुने जनाएको छ ।

बिहीबार काठमाडौंमा बसेको सचिवालयको बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले मन्त्री फेर्ने निर्णय कार्यान्वयन केही घण्टामै हुने दाबी गरे ।

उनले केही दिनहरु नभइ घण्टाहरुको अन्तरमा मन्त्री हेरफेरमा लागेको बताए ।

प्रवक्ता खतिवडाले पार्टी निर्णय नै अन्तिम निर्णय हुने भएकाले एकीकृत समाजवादीमा मन्त्री हेरफेर हुन लागेको जिकिर गरे ।

खतिवडाले मन्त्रीहरूले पार्टी निर्णय मान्नका लागि कुनै एक व्यक्तिको सर्तले असर नपर्ने बताए ।

बैठकमा शुक्रबारबाट सुरु हुने पोलिटब्यूरो बैठक, ११ गते केन्द्रीय कमिटी र १३ र १४ केन्द्रीय परिषद्को बैठकका बिषयमा छलफल भएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कांग्रेसले असार २७ गतेका लागि बोलायो केन्द्रीय समिति बैठक

Read More →