
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डलमा बसेर संघीयता खारेज गर्नुपर्छ भन्ने मन्त्रीलाई स्पष्टीकरण सोधिने बताएका छन् ।
राष्ट्रियसभाको मंगलबारको बैठकमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रचण्डले मन्त्रीपरिषद्मा नै एक मन्त्रीले संघीयता खारेज गर्नुपर्छ भनेर सुनाएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको र यो स्पष्टीकरणको बिषय हुने बताएका हुन् ।
मन्त्रिमण्डल भन्दा बाहिर गएर आफ्नो कुरा राख्ने अधिकार सवै राजनीतिक दलहरुलाई रहेको तर मन्त्रिमण्डल भित्र बसेर संघीयता, लोकतान्त्रीक गणतन्त्रको विरुद्ध बोल्ने वा प्रचार गर्ने अधिकार नैतिक रुपमा र कानूनी रुपमा कसैलाई नरहेको उनले बताए ।