Loading...
You are here:  Home  >  छापामा  >  Current Article

मन्त्रिपरिषद् पुनर्गठनलगत्तै ठूलो संख्यामा सचिवहरूको सरुवा

३० असोज,   खबरमञ्च,   at 6:51 AM

By   /  October 16, 2020  /  Comments Off on मन्त्रिपरिषद् पुनर्गठनलगत्तै ठूलो संख्यामा सचिवहरूको सरुवा

    Print       Email

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनलगत्तै सरकारले ठूलो संख्यामा सचिवहरूको सरुवा गरेको छ । नवनियुक्त मन्त्रीहरूले शपथ गरेलगत्तै बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सचिवहरूको सरुवा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यादवप्रसाद कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । यसअघि पनि संघीयमा रहेका कोइरालालाई पुन संघीय मामिला मन्त्रालयमा नै ल्याइएको छ ।

यसैगरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

होम आइसोलेनमा बसेका घरबाहिर निस्कन थाले: सङ्क्रमितको व्यवस्थापनमा चुनौती

Read More →