Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

मधेस प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

१९ जेठ,   खबरमञ्च,   at 9:57 AM

By   /  June 2, 2022  /  Comments Off on मधेस प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

    Print       Email

जनकपुर। मधेस प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ।

आगामी आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको नवौँ अधिवेशन सुरु हुन लागेको हो।

बिहीबार दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ।

बैठकमा नवौँ अधिबेशन आह्वानसम्बन्धी प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र सभामुखले बाचन गरी सुनाउने र विभिन्न पार्टीका संसदीय दलका नेताले मनतव्य राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए।

यस्तै केही दिनअघि निधन भएका प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको शोकप्रस्ताव आजको बैठकमा पेश गर्ने कार्यसूची पनि रहेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापा २ ‘१’ बाट प्रदेश सभा सदस्यमा एमालेका एकराज कार्की निर्वाचित

Read More →