Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

मतदानका लागि शिक्षण संस्था बन्द, मंगलबार मात्र खुल्ने

२ मंसिर,   खबरमञ्च,   at 11:06 AM

By   /  November 18, 2022  /  Comments Off on मतदानका लागि शिक्षण संस्था बन्द, मंगलबार मात्र खुल्ने

    Print       Email

काठमाडौं । सरकारले निर्वाचनलाई लक्षित गर्दै शुक्रबारदेखि शैक्षिक संस्थाहरू बन्द गरेकाे छ ।

शुक्रबारदेखि मंसिर ५ गते सोमबारसम्म शैक्षिक संस्थाहरु बन्द हुने भएका हुन् । अब मंगलबारदेखि मात्रै देशभरका शैक्षिक संस्थाहरु खुल्ने छन् । गृह मन्त्रालयले मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।

सरकारी कार्यालय तथा सार्वजनिक निकायमा भने मंसिर ४ र ५ गते दुई दिन सार्वजनिक बिदा दिइएको छ ।

प्रतिनिधि र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते हुँदैछ । देशका अधिकांश ठाउँमा विद्यालयमा मतदान केन्द्र राखिएको हुनाले शैक्षिक संस्था आजैदेखि बन्द गर्नु परेको मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आयोगबाट अनुमति नलिएका विधामा विद्यार्थी भर्ना गरिए कारबाही गर्ने आयोगको चेतावनी

Read More →