Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

मतदातालाई धन्यवाद दिँदै राजेन्द्र लिङदेनले भनेः तपाईँहरुको विश्वासलाई घात गर्दिन

८ मंसिर,   खबरमञ्च,   at 5:41 PM

By   /  November 24, 2022  /  Comments Off on मतदातालाई धन्यवाद दिँदै राजेन्द्र लिङदेनले भनेः तपाईँहरुको विश्वासलाई घात गर्दिन

    Print       Email

भद्रपुर। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नं ३ बाट निर्वाचित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले दिएको अभिमतमाथि घात नगर्ने प्रतिबद्धता जनाएका छन्।

निर्वाचित भएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै लिङदेनले जनताले दिएको साथ र देखाएको विश्वासमा तुसारापात हुन नदिने बताए।

कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलालाई दोस्रो पटक पराजित गरेका लिङदेनले आफ्नो जितलाई आफूले उठाउँदै आएको एजण्डा र विचारको पनि जित भएको भनेका छन्। ‘सामान्य हार जितको लडाइँ मात्र लडेको थिइन। निकतटम प्रतिद्वन्दि र म फरक विचार र प्रवृत्तिको प्रतिनिधित्व गर्थ्यौँ। हामी नितान्त फरक ध्रुवका थियौँ,’ लिङदेनले भने,’त्यो विचार र प्रवृत्तिसँग मैले चुनावी मैदानमै दुई पटक सामना गर्ने मौका पाउनु र मेरो विचार र मैले प्रतिनिधित्व गर्ने प्रवृत्तिको अनुमोदन पाउनु मेरा लागि सबैभन्दा ठूलो विषय छ।’

एमालेको साथमा चुनावमा होमिएका लिङदेनले आफूहरुको सहकार्यले अपेक्षाकृत जित हासिल गर्न नसकेको प्रति दुःखसमेत व्यक्त गरेका छन्। क्षेत्र नं ३ मा प्रतिनिधि सभामा राप्रपा र प्रदेशका दुवै क्षेत्रमा एमालेका उम्मेदवार थिए। तर प्रदेशमा एउटा क्षेत्रमा मात्र एमालेका उम्मेदवार विजयी भएका छन्।

यसबाहेक राष्ट्रिय स्वतन्त्र पार्टीको उदयको विषयमा पत्रकारले राखेको जिज्ञासामा लिङदेनले जनता परिवर्तनको पक्षमा रहेको कुरा पुष्टि भएको बताए। ‘जनता परिवर्तनको पक्षमा छन् भनेर मैले भन्दै आएको थिएँ, त्यो परिवर्तन हाम्रो पार्टीले ल्याउन सक्छ पनि भनेका थियौँ। हामिले त्यो परिणाम ल्याउन नसकेपनि जनता परिवर्तनकाे पक्षमा रहेकन् भन्ने निर्वाचन परिणामबाट देखियो। यथास्थितिको पक्षमा नरहेको सन्देश दिएको छ।’

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

रवीन्द्र मिश्रले आयोगमा बुझाए २४ लाख ४९ हजार ६०७ रूपैयाँ बराबरको निर्वाचन खर्च विवरण

Read More →