Loading...
You are here:  Home  >  छापामा  >  Current Article

मंसिर ४ मा चुनाव गर्ने सत्ता गठबन्धन बैठकको निष्कर्ष

१९ साउन,   खबरमञ्च,   at 7:43 AM

By   /  August 4, 2022  /  Comments Off on मंसिर ४ मा चुनाव गर्ने सत्ता गठबन्धन बैठकको निष्कर्ष

    Print       Email

काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध पाँच दल आगामी ४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निष्कर्षमा पुगेका छन् ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध पाँच दलको बैठकले अगामी ४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगले भने गत २२ असारमा नै २ मंसिरमा निर्वाचन गर्नेगरी सरकारसमक्ष निर्वाचनको मिति प्रस्ताव गरेको थियो ।

गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ४ मंसिरमा निर्वाचन गर्ने सहमति गठबन्धन आबद्ध दलबीच बनेको जानकारी दिए । ‘४ मंसिरमा निर्वाचन गर्ने सहमति भएको छ, अब मन्त्रिपरिषद् बैठकले मिति तोक्छ,’ बैठकपछि कांग्रेस वरिष्ठ नेता पौडेलले भने ।

निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचनसम्बन्धी कानुनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

चाडपर्वका बेलाको सुरक्षाका लागि कति प्रहरी खटिँदैछन् ?

Read More →