Loading...
You are here:  Home  >  समाज  >  Current Article

मंगलबार साँझ बिर्तामोड-भद्रपुर रोडमा मोटरसाइकल दुर्घटना, इलाम रोङका बिशाल लिम्बु गम्भीर घाइते

२४ साउन,   खबरमञ्च,   at 9:25 PM

By   /  August 9, 2022  /  Comments Off on मंगलबार साँझ बिर्तामोड-भद्रपुर रोडमा मोटरसाइकल दुर्घटना, इलाम रोङका बिशाल लिम्बु गम्भीर घाइते

    Print       Email

झापा । झापाको बिर्तामोड-भद्रपुर सडकखण्ड अन्तर्गत धौला पूलमा मंगलबार साँझ मोटरसाइकल दुर्घटना भएको छ ।

दुर्घटनामा परि रोङ गाउँपालिका २ इरौंटार इलामका बिशाल लिम्बु गम्भीर घाइते भएका छन् ।

उनको बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिनुभयो ।

भद्रपुरबाट बिर्तामोडतर्फ आइरहेको मे १० प ९२९९ नम्बरको मोटरसाइकल पूल छेउबाट खोलामा झरेको स्थानीयले बताएका छन् ।

उक्त ठाउँमा सडक भन्दा पूलको चौडाइ सानो भएका कारण दुर्घटनाको जोखिम बढेको छ । यस अघि पनि सो ठाउँमा दुर्घटना अत्याधिक हुने गरेको स्थानीयले बताएका छन् ।

पूल चौडा गर्नका लागि दक्षिणतर्फ बनाइएको पिल्लरको पूर्वपट्टि खोलामा बाइक र पश्चिमपट्टि खोलामा मानिस झरेको स्थानीयले बताए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

दसैँ अवधिभर सर्वोच्च अदालत ४ घण्टा खुल्ने

Read More →