
झापा । उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले भ्रस्टाचार नगर्ने र गर्न पनि नदिने वाचा पूरा गर्न आफू सरकारमा सामेल भएको बताएका छन् ।
भ्रस्टाचार गर्नु आमाको रगत खानु सरह हो भन्ने आफ्नो नारालाई व्यवहार उतार्ने मन्त्री लिङ्देनले प्रतिवद्धता व्यक्त गरे ।
सोमबार झापाको अर्जुनधारा १ साधुटारमा रहेको शंकराचार्यपीठको बार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका लिङ्देनले भ्रस्टाचार नगर्ने आफ्नो वाचा पूरा गर्न अग्निपरीक्षामा होमिएको बताए ।
सरकारमा जाने मान्छेलाई राम्रो नमानेको सन्दर्भमा आफूले सरकारमा गएर काम गरेर देखाउने अठोट गरेको उनको भनाइ थियो ।
हजारौंले सरकारमा अहिले जानु हुँदैन भनेको तर मैले गरेर देखाउने मौका यो पनि भनेर सरकारमा गएको ऊर्जामन्त्री लिङ्देनले बताए ।