Loading...
You are here:  Home  >  समाज  >  Current Article

भ्रस्टाचार गरि अकुत सम्पत्ति कमाएको भन्दै डा. गिरीविरुद्ध दुर्गा प्रसाईंले हाले अख्तियारमा उजुरी

२९ पुस,   खबरमञ्च,   at 2:16 PM

By   /  January 14, 2020  /  Comments Off on भ्रस्टाचार गरि अकुत सम्पत्ति कमाएको भन्दै डा. गिरीविरुद्ध दुर्गा प्रसाईंले हाले अख्तियारमा उजुरी

    Print       Email

विर्तामोड । झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष रहेका श्रीकृष्ण गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्पत्ति शुद्धिकरणमा उजुरी दिएका छन्।

डा. गिरीले अकुत सम्पत्ति कमाएको भन्दै सम्पत्ति शुद्धिकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रसाईंले उजुरी दिएका हुन्।

गिरीले भ्रष्टाचार तथा घुस लिने कार्य गरी अकुत सम्पत्ति आर्जन गरेको दाबी गर्दै प्रसाईंले गिरीविरुद्ध उजुरी हालेका हुन्।

गिरीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको शिक्षाध्यक्ष रहेको समयमा, स्वास्थ्य सेवा बीमा बोर्डमा कार्यकारी निर्देशक रहँदा र हाल आयोगको उपाध्यक्ष रहँदा पनि घुस लिई अकुत सम्पत्ति आर्जन गरको प्रसाईको आरोप छ।

गिरीले अवैधानिक रूपमा कमाएको अकुत सम्पत्ति आफू र आफ्ना नातेदारका नाममा जम्मा गरेको भन्दै प्रसाईंले सो सम्पूर्ण सम्पत्ति जफत गर्न  माग गरेका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

शैलेश थापा क्षेत्री २८ औं प्रहरी महानिरीक्षक

Read More →