Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

भ्रमण बर्ष सफल पार्न नेपाल वायु सेवा निगम र नेपाल भ्रमण बर्ष २०२० सचिवालयबीच सम्झौता

१ माघ,   खबरमञ्च,   at 4:14 PM

By   /  January 15, 2020  /  Comments Off on भ्रमण बर्ष सफल पार्न नेपाल वायु सेवा निगम र नेपाल भ्रमण बर्ष २०२० सचिवालयबीच सम्झौता

    Print       Email

काठमाडौं । नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने विभिन्न कार्यक्रममा साझेदारी गर्न नेपाल वायु सेवा निगम र नेपाल भ्रमण बर्ष २०२० सचिवालयबीच सम्झौता भएको छ।

नेपाल वायुसेवा निगमलाई नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा तोकिएको हो ।

भ्रमण वर्ष सफल पार्न दुवै संस्थाको वेभसाइटलाई होम पेजको रुपमा प्रयोग गर्ने सहमतिसमेत भएको छ ।

यसअघि निजी क्षेत्रको टर्किस एयरलाइन्सलाई आधिकारिक वायुसेवा घोषणा गरेको भ्रमण वर्ष सचिवालयले राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सलाई समेत आधिकारिक वायुसेवा कम्पनीका रुपमा तोकेको हो ।

नेपाल भ्रमण वर्षको अवसरमा सचिवालयका तर्फबाट प्रकाशित हुने ब्रोसर र म्यागजिनमा निगमको लोगो समावेश गरिने भएको छ ।

सचिवालयका तर्फबाट आयोजना गरिने समारोहमा पर्यटन प्रवर्द्धनलाई मद्दत पुर्‍याउने निगमद्वारा तयार पारिएको भिडियो प्रदर्शन गर्ने सहमति भएको छ ।

निगमको अन्तर्राष्ट्रिय उडान भएका मुलुकहरुमा सचिवालयले आयोजना गर्ने समारोहमा निगमलाई समेत सहभागी गराइनेछ ।

सम्झौतामा निगमका तर्फबाट संस्थागत विभागका निर्देशक अर्चना खड्का र सचिवलायका सदस्य सचिव बच्चु नारायण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

१५७ वर्षको इतिहासपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली अर्थोडक्स चिया निर्यात हुने

Read More →