Loading...
You are here:  Home  >  समाज  >  Current Article

भोजपुरको प्याउलीमा आगलाी, बालिकाको ज्यान गयो

१५ असार,   खबरमञ्च,   at 9:44 AM

By   /  June 29, 2020  /  Comments Off on भोजपुरको प्याउलीमा आगलाी, बालिकाको ज्यान गयो

    Print       Email

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ।

स्थानीयबासी कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा उनको तीन वर्षीया नातिनी विष्णुमायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ

आइतबार भएको आगलागीमा परी गम्भीर घाइते भएकी बालिकालाई प्राथमिक स्वास्थ्यचौकी प्याउलीमा उपचारपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।

बाटोमा लैजाँदै गर्दा बालिकाको स्वास्थ्य अवस्था झन गम्भीर भएपछि तत्काल जिल्ला अस्पताल धनकुटामा उपचारका लागि लगिएकोमा राति मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

शैलेश थापा क्षेत्री २८ औं प्रहरी महानिरीक्षक

Read More →