Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

भुपेन्द्र भए नेपाल आइडल- ४ काे विजेता

६ चैत,   खबरमञ्च,   at 6:28 AM

By   /  March 20, 2022  /  Comments Off on भुपेन्द्र भए नेपाल आइडल- ४ काे विजेता

    Print       Email

काठमाडौं । नेपाल आइडल सिजन ४ काे विजेता भैरहवाका भुपेन्द्र थापा भएका छन् ।

एपी वान च्यानलबाट गायन प्रतिभा चाैथाे संस्करण नेपाल आडलमा टप ५ मा पुगेका भुपेन्द्रले सबैभन्दा बढी मत ल्याई विजेता बनेका हुन् । 

उनीसँगै ५ प्रतिस्पर्धी थिए, शनिबार साँझ भएकाे ग्राण्ड फिनालेमा थापा चाैथाे संस्करणकाे सर्वाेत्कृष्ट भई उपाधि चुम्न सकेका हुन्  । थापा ३० लाख रुपैयाँ नगद र ट्रफीसहित विभिन्न स्पाेन्सरबाट पुरस्कृत भएका छन्।

थापा टप पाँचमा परेपछि गत साता भैरहवा भाेटकाे अपिलका लागि पुगेका थिए। भैरहवास्थित सनसाइन स्कुल पढेका उनलाई स्कुल र स्थानीयले सपाेर्ट गरेर नै उपाधि दिलाउन सकेका छन् । 

त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ, सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाल भएका छन् ।

झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए । 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

स्वरसम्राट नारायण गोपालको ३२ औं स्मृति दिवस मनाइँदै

Read More →