Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

भुक्तानी नदिएर उखु किसान ठग्ने चिनी मिल सञ्चालकलाई सरकारले पक्राउ नगर्ने

१६ पुस,   खबरमञ्च,   at 4:43 PM

By   /  January 1, 2020  /  Comments Off on भुक्तानी नदिएर उखु किसान ठग्ने चिनी मिल सञ्चालकलाई सरकारले पक्राउ नगर्ने

    Print       Email

काठमाडौं । उखु किसानलाई भुक्तानी नदिएर ठग्ने चिनी मिल सञ्चालकलाई सरकारले पक्राउ नगर्ने भएको छ। उनीहरुलाई पक्राउ गर्ने विषयमा सरकार पछि हटेकाे हो।

उद्याेगीलाई पक्राउ गर्दा नकारात्मक सन्देश जाने भन्दै पक्राउ नगर्ने नीति सरकारले लिएको हो।

उपप्रधानमन्त्री ईश्वर पाेखरेल, गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट र कृषिमन्त्री घनश्याम भुसालकाे बैठकपछि सरकार यस्ताे निष्कर्षमा पुगेकाे हाे।

उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन चर्काएपछि मंगलबार समस्याकाे समाधान खाेज्ज बसेकाे बैठकमा पक्राउ गर्दा लगानी निरूत्साहित हुने विषय उठेकाे बुझिएको छ।

उद्योग मन्त्री भट्टले यसको पुष्टि गरेका छन्। उनले भने, ‘उद्योगी पक्राउ गर्दा राष्ट्रिय अन्तर्राष्ट्रिय लगानी निरूत्साहित हुन्छ। पक्राउ नगरेरै किसानलाई न्याय दिलाउँछाैं।’

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सुनचाँदीको मूल्य बढ्यो !

Read More →