Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

भाेलि मध्यरातिदेखि झापामा पूर्ण निषेधाज्ञा, आदेश उल्लंघन गरे कडा कारबाही

२१ वैशाख,   खबरमञ्च,   at 8:55 PM

By   /  May 4, 2021  /  Comments Off on भाेलि मध्यरातिदेखि झापामा पूर्ण निषेधाज्ञा, आदेश उल्लंघन गरे कडा कारबाही

    Print       Email

विर्तामाेड।  आंशिक निषेधाज्ञा लगाइएकाे झापामा  बुधवार मध्यरातिदेखि पूर्ण निषेधाज्ञा  लगाइने भएकाे छ ।

कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेपछि काेभिड-१९ संकट व्यवस्थापन केन्द्र डिससीएमसीले निर्णय गरेकाे जिल्ला समन्वय समितिका प्रमुख साेमनाथ पाेर्तेलले जानकारी दिए ।

पाेर्तेलका अनुसार बुधवार (भोलि) मध्यरातिदेखि बैशाख ३१ गते पूर्ण निषेधाज्ञा लगाउने निर्णय भएकोे हाे ।

यसअघि सोमबारदेखि जारी आंशिक निषेधाज्ञामा सवारी साधन सञ्चालनमा जाेरविजाेर प्रणाली लागू गरिएकाे थियाे भने पसलहरु विहान ११ बजेसम्म खोल्न दिइएको थियाे ।

तर आंशिक निषेधाज्ञामा पनि मानिसहरुकाे हिड्डुल नराेकिएकाे र संक्रमितकाे संख्या पनि ह्वात्तै बढ्नथालेपछि पूर्ण निषेधाज्ञामा जाने निर्णय गरिएकाे पाेर्तेलले बताए ।

अब भने अत्यावश्यक बाहेकका कुनै पनि सेवा सञ्चालन हुन दिइने छैन भने, अनावश्यक हिड्डुल गर्ने र ताेकिएका अन्य निषेध आदेश पालना नगर्नेमाथि कारबाही गरिने जिल्ला प्रशासन कार्यालय झापाले जनाएकाे छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा जारी निषेधाज्ञा जेठ ७ सम्म थप, औषधि खरिद र उपचार गर्न बाहेक घरबाट निस्कन नपाइने (सूचनासहित)

Read More →