Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

भाेलिदेखि अनलाइन कक्षा बन्द गर्ने निजी विद्यालयहरुकाे निर्णय

३१ असार,   खबरमञ्च,   at 10:11 PM

By   /  July 15, 2020  /  Comments Off on भाेलिदेखि अनलाइन कक्षा बन्द गर्ने निजी विद्यालयहरुकाे निर्णय

    Print       Email

 काठमाडाैं । साउन १ गते(भाेलिबाट) निजी विद्यालयहरुले अनलाइन कक्षा रोक्ने भएका छन्।

नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीले संयुक्त रूपमा बुधबार प्रेस विज्ञप्ति निकालेर अनलाइन र दूर शिक्षा रोक्ने बताएका हुन्।

उनीहरूले अनलाइन कक्षा बन्द गर्दै शिक्षकलाई बेतलबी घर बिदामा राख्ने उल्लेख गरेका छन्। असार १ गतेदेखि उनीहरूले वैकल्पिक विधिबाट पठनपाठन सुरू गरेका थिए।

‘आर्थिक तथा व्यवसायिक संकट आइपरेकोले विद्यालय बन्द गरी बस्नु नै उचित विकल्प हो,’ उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साउन १ गतेदेखि सवै वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापहरु स्थगित गरी आफ्ना शिक्षक र कर्मचारीलाई बेतलवी घर बिदा दिने अप्रिय निर्णय लिन बाध्य छौं।’

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अर्को सूचना जारी नभएसम्म एसईई र कक्षा १२ को परीक्षा स्थगित

Read More →