Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भारत पश्चिम बंगालमा भोलिदेखि १४ दिन पुनः लकडाउन

२४ असार,   खबरमञ्च,   at 3:34 PM

By   /  July 8, 2020  /  Comments Off on भारत पश्चिम बंगालमा भोलिदेखि १४ दिन पुनः लकडाउन

    Print       Email

एजेन्सी । भारतको पश्चिम बंगालको सरकारले द्रुत गतिले बढिरहेको कोरोना संक्रमण रोक्न राजधानी कोलकातालगायत थुप्रै कन्टेनर जोनमा ९ जुलाईदेखि १४ दिनसम्म कडा लकडाउन गर्ने निर्णय गरेको छ ।

सचिव अलापन बनर्जीले मंगलबार यस बारेमा जानकारी दिएका हुन् । राज्य सरकारको अपीलमा केन्द्रीय सरकारले देशको संक्रमित क्षेत्रबाट कोलकाता जाने रेलहरूको संख्या घटाउने निर्णय गरेको छ।

रेल कटौतीको निर्णय भने १० जुलाई देखि लागू हुनेछ। यसको अन्तर्गत कोलकातादेखि दिल्ली, मुम्बई र अहमदाबाद बीच चल्ने विशेष रेलहरू हप्तामा एक दिन चल्नेछन्। यसका साथ सरकारले कोलकाता र मालदाको १९ क्षेत्रमा कडाईका साथ लकडाउन लागू गर्ने निर्णय गरेको एक वरिष्ठ सरकारी अधिकारीले जानकारी दिएका छन् ।

यो भन्दा पहिला चार राज्यका छ वटा शहरबाट उडानहरूको आवागमन सोमबार देखि दुई हप्ताका लागि रोकिएको छ। मंगलबार, राज्यमा ८ सय ५० नयाँ बिरामीहरू देखा परेका छन्। पछिल्लो २४ घण्टाको अवधिमा २५ कोरोना संक्रमितको मृत्यु भएपछि त्यहाँ मृतकको संख्या ८ सय ४ पुगेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भुटानमा पहिलाेपटक लकडाउन घाेषणा

Read More →