
काठमाडाैं । भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले हास्य कलाकार भारती सिंहको घरमा छापा मारेको छ।
एनसिबीले शनिबार बिहान उनको मुम्बईस्थित घरमा छापा मारेको भारतीय समाचार संस्था एएनआईले जनाएकाे छ ।
एनसिबीकाे टाेलीले उनकाे घरबाट केही मात्रामा औषधि पनि बरामद गरेको भारतीय समाचारसंस्थाहरुमा प्रकाशित समाचारमा भनिएकाे छ ।
बलिउडका अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पछि फिल्मी क्षेत्रमा लागू औषध प्रयोग हुने गरेको कुरा बाहिर आएका थिए। त्यसलगत्तै एनसिबीे याे विषयलाई प्राथमिकताका साथ हेरिरहेकाे छ ।