
विर्तामाेड । भारतीय गृहमन्त्री अमित शाहलाई काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।
गृहमन्त्री शाहले आज एक ट्वीट मार्फत काेराेनाका केही लक्षण देखिएपछि परिक्षण गर्दा संक्रमण पुष्टिभएकाे जनाएका छन् ।
उनले आफ्नाे स्वास्थ्य सामान्य रहेकाे भएपनि चिकित्सककाे सल्लाह अनुसार अस्पताल भर्ना भएकाे पनि बताएका छन् ।
यसअघि आजै भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको कोरोना संक्रमणबाट मृत्यु भएको थियाे ।
पछिल्लाे समय भारतमा काेराेना भाइरस संक्रमण तीब्र गतिमा फैलिरहेकाे छ ।