Loading...
You are here:  Home  >  छापामा  >  Current Article

भारतसंग जोडिएको भुटान ‘सेफ जोन’मा, अहिलेसम्म कोरोनाबाट एकजनाको मात्र मृत्यु

२१ बैशाख,   खबरमञ्च,   at 6:54 AM

By   /  May 4, 2021  /  Comments Off on भारतसंग जोडिएको भुटान ‘सेफ जोन’मा, अहिलेसम्म कोरोनाबाट एकजनाको मात्र मृत्यु

    Print       Email

काठमाडौं । कोरोना संक्रमण दर दक्षिण एसियाली मुलुक भारत, नेपाल, पाकिस्तानलगायतमा बढिरहेकै बेला भारतसँगै सीमा जोडिएको भुटान भने ‘सेफजोन’मा देखिएको छ ।

भारतले दिएको कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ नामक खोप लगाएर भुटान ढुक्क भएर बसिरहेको छ । भुटानमा सोमबारसम्म ९४ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । महामारीको दोस्रो लहरले भारतलाई छोपिरहँदा भुटान भने शान्त छ ।

अहिलेसम्म भुटानमा ९३ प्रतिशत वयस्क जनसंख्यालाई भ्याक्सिनेट गर्ने काम सम्पन्न भइसकेको छ । भारतको सिरम इन्स्टिच्युटमा बनेको अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन गत महिना हेलिकोप्टोरमार्फत भुटान पु–याइएको थियो ।

भुटानमा सोमबारसम्मको रेकर्डअनुसार १ हजार १ सय १९ संक्रमित र ९ सय ९९ जना निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट हालसम्म एकको मात्रै मृत्यु भएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ । 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नयाँ सरकारको जोड/घटाउ पेचिलो, कसरी बन्छन् देउवा प्रधानमन्त्री?

Read More →