Loading...
You are here:  Home  >  छापामा  >  Current Article

भारतले ८० करोड जनतालाई तीन महिनासम्म निःशुल्क खाद्यान्न उपलब्ध गराउने

१४ चैत,   खबरमञ्च,   at 8:10 AM

By   /  March 27, 2020  /  Comments Off on भारतले ८० करोड जनतालाई तीन महिनासम्म निःशुल्क खाद्यान्न उपलब्ध गराउने

    Print       Email

काठमाडौं । भारत सरकारले कोरोना (कोभिड—१९) महामारीसँगै आर्थिक समस्याबाट गुज्रिएका मानिसका लागि २२ अर्ब डलर छुट्याएको छ ।

देशका कुल ८० करोड जनतालाई तीन महिनासम्म निःशुल्क खाद्यान्न उपलब्ध गराउन सो रकम छुट्याइएको हो । सरकारले गरिबका लागि तीन महिनासम्म पाँच किलो चामल वा गहुँमध्ये एक र एक किलो दाल निःशुल्क उपलब्ध गराउने भएको छ ।

प्रधानमन्त्री गरिब कल्याण योजनाअन्तर्गत सरकारले बिहीबार यस्तो घोषणा गरेको हो । त्यस्तै, सरकारले साढे ८ करोड किसानलाई अप्रिलको पहिलो साता प्रतिव्यक्ति दुई हजार दिने जनाएको छ ।

‘हामी कोही पनि जनता भोकै नरहून् भन्ने चाहन्छौँ । सबैको हातमा पैसा होस् भन्ने सरकार चाहन्छ,’ बिहीबार सरकारको घोषणा सार्वजनिक गर्दै अर्थमन्त्री निर्मला सीतारमणले भनिन् ।

त्यस्तै, कोरोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि तत्काल साढे ६६ हजार डलर बिमाबापत उपलब्ध गराइने मन्त्री सीतारमणले जानकारी दिइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक, मजदुर र असहायका लागि उपलब्ध गराइने

Read More →