Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भारतले ७३ दिनपछि आफ्ना नागरिकलाई निशूल्क कोरोनाविरुद्धको भ्याक्सिन दिने

७ भदौ,   खबरमञ्च,   at 1:47 PM

By   /  August 23, 2020  /  Comments Off on भारतले ७३ दिनपछि आफ्ना नागरिकलाई निशूल्क कोरोनाविरुद्धको भ्याक्सिन दिने

    Print       Email

काठमाडौं । छिमेकी मुलुक भारतले अबको ७३ दिनपछि कोरोना भाइरसविरुद्धको भ्याक्सिन बजारमा ल्याइसक्ने भएको छ।

भारतको पहिलो कोरोना भ्याक्सिनको नाम ‘कोभिसिल्ड’ पुणेस्थित कम्पनी सिरम इन्स्टिच्युटले निर्माण गरिरहेको छ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार उक्त भ्याक्सिन ‘राष्ट्रिय खोप कार्यक्रम’अन्तर्गत नागरिकलाई निःशुल्क प्रदान गरिने छ।

केन्द्रीय स्वास्थ्यमन्त्री हर्षबर्धनले पनि कोभिड-१९ को एक भ्याक्सिनको क्लिनिकल ट्रायल तेस्रो चरणमा रहेको बताएका छन्।

सिरमले एस्ट्राजेनेका कम्पनीसँग विशेष सम्झौता गरी निर्माण अधिकार खरिद गरेर भारतलगायत अन्य ९२ मुलुकमा भ्याक्सिन बिक्री गर्ने योजना बनाएको छ। सिरमले यसवापत् रोयल्टी प्राप्त गर्नेछ।

केन्द्र सरकारले सिरमसँग सीधै भ्याक्सिन खरिद गर्ने र नागरिकलाई निःशुल्क प्रदान गर्ने योजना बनाएको छ।

केन्द्रले आगामी जुनसम्म सिरमसँग १३० करोड भारतीयका लागि ६८ करोड डोज माग गरेको छ।

सरकारले भ्याक्सिन बनाइरहेका अन्य कम्पनीसँग पनि परीक्षणमा सफलता पाएपछि खरिद गर्न सक्नेछ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा ४ जनामा कोरोना संक्रमण, ७८ बर्षिय बृद्धमा दिउँसो कोरोना पुष्टि, बिहानै मृत्यु

Read More →