Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

भारतले पठायो पेट्रोलियम पदार्थमा बढेको मूल्यसूची

१६ भदौ,   खबरमञ्च,   at 7:30 PM

By   /  September 1, 2022  /  Comments Off on भारतले पठायो पेट्रोलियम पदार्थमा बढेको मूल्यसूची

    Print       Email

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपालमा डिजेल र पेट्रोलको नयाँ मूल्य बढाएर पठाएको छ ।

बिहीबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य ६ रुपैयाँ १२ पैसाले बढेर आएको हो ।

यद्यपि खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर १ सय रूपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्य प्राप्त भए पनि निगमले उपभोक्ता बिक्री मुल्यबारे भने कुनै निर्णय गरेको छैन ।

यसअघि लगातार तीन पटक घटेर मूल्य प्राप्त भएपनि निगमले बिक्री मूल्य घटाएको थिएन । नयाँ बिक्री मूल्यबारे बिहीबार साँझ बस्ने निगम बोर्ड बैठकले निर्णय गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

Read More →