Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

भारतमा लकडाउनका कारण आईपीएल अनिश्चितकालका लागि स्थगित

३ बैशाख,   खबरमञ्च,   at 2:17 PM

By   /  April 15, 2020  /  Comments Off on भारतमा लकडाउनका कारण आईपीएल अनिश्चितकालका लागि स्थगित

    Print       Email

नयाँ दिल्ली । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएल अनिश्चितकालका लागि स्थगित भएको छ। भारतमा लकडाउन लम्बिएसँगै भारतीय क्रिकेट बोर्ड(बीसीसीआई)ले आईपीएल स्थगित भएको जनाएको हो।

यसअघि बीसीसीआईले अप्रिल १५ सम्मका लागि आईपीएल स्थगन गरेको थियो। तर मे ३ सम्म सरकारले लकडाउन बढाएपछि बीसीसीआईले आईपिएलको भविष्य अनिश्चित देखेको बताएको छ।

आईपीएल मार्च २९ देखि मे २४ सम्म हुने पूर्वनिर्धारित तालिका थियो। तर बढ्दो संक्रमणले भारतलाई पनि चपेटामा पारेपछि आईपीएल स्थगित गरिएको थियो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अर्जेन्टिनाका लेजेण्ड फुटबलर डिएगो म्याराडोनाको निधन

Read More →