Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भारतमा भयावह बन्दै कोरोना संक्रमण, भारतबाट आउने यात्रुलाई न्युजिल्याण्ड प्रवेशमा रोक

२६ चैत,   खबरमञ्च,   at 1:01 PM

By   /  April 8, 2021  /  Comments Off on भारतमा भयावह बन्दै कोरोना संक्रमण, भारतबाट आउने यात्रुलाई न्युजिल्याण्ड प्रवेशमा रोक

    Print       Email

एजेन्सी । न्युजिल्यान्डका प्रधानमन्त्री जैकिंडा अरडिनले कोविड १९ का संक्रमित बढेका देशबाट न्युजिल्याण्ड प्रवेशमा रोक लगाईएको बताएकी छिन्।

उनले भारतबाट आउने सबै यात्रुहरूका लागि न्युजिल्याण्ड प्रवेशमा रोक लगाईएको बताइन्।

यसक्रममा भारतबाट आउने न्युजिल्याण्डका नागरिकहरु समेत रोकिने भएका छन्।

आगामी आइतवारदेखि अप्रिल महिनाको २८ तारिखसम्म रोक लगाइएको हो।

न्यूजिल्याण्डमा भेटिएका संक्रमित व्यक्ति  भारतबाट आएको पाइएकोले भारतबाट र भारतहुँदै न्युजिल्याण्ड प्रवेशमा रोक लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

न्युजिल्याण्डमा पछिल्लो पटक भेटिएका २३ जना संक्रमितमध्ये १७ जना भारतबाट आएको पाइएको थियो।

भारतमा पछिल्लो २४ घण्टामा एक लाख २६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा एक लाख २६ हजार ७८९ नयाँ संक्रमित फेला परेका हुन् ।

अघिल्लो २४ घण्टामा भारतमा एक लाख १५ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको थियो । भारत अहिले कोरोनाको दोस्रो लहरको सामना गरिरहेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना भाइरसको भारतीय भेरियन्ट विश्वव्यापी चिन्ताको बिषयः डब्ल्यूएचओ

Read More →