Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भारतमा बढ्न थाल्यो कोरोना संक्रमितको संख्या, २४ घण्टामा ३९ हजार ६४३ जनामा संक्रमण

६ चैत,   खबरमञ्च,   at 8:10 AM

By   /  March 19, 2021  /  Comments Off on भारतमा बढ्न थाल्यो कोरोना संक्रमितको संख्या, २४ घण्टामा ३९ हजार ६४३ जनामा संक्रमण

    Print       Email

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ बढ्न थालेको छ।

पछिल्लो २४ घण्टामा ३९ हजार ६४३ जनामा संक्रमण पुष्टि भएको छ । ६ महिनादेखि संक्रमण घट्दै गएको भारतमा फेरि संक्रमित बढ्न थालेका छन् ।

यसअघि ५ चैत्रमा ३५ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड १५ लाख १३ हजार ९४५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १५५ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५९ हजार ४०५ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १० लाख ८१ हजार ३३५ जना संक्रमणमुक्त भएका छन् ।

अब भारतमा सक्रिय संक्रमितको संख्या २ लाख ७३ हजार २०५ छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना भाइरसको भारतीय भेरियन्ट विश्वव्यापी चिन्ताको बिषयः डब्ल्यूएचओ

Read More →