Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भारतमा पुनः बढ्यो कोरोना संक्रमणको दर, चौथो लहरको आशंका

२९ जेठ,   खबरमञ्च,   at 11:32 AM

By   /  June 12, 2022  /  Comments Off on भारतमा पुनः बढ्यो कोरोना संक्रमणको दर, चौथो लहरको आशंका

    Print       Email

नयाँ दिल्ली । भारतमा फेरि कोभिड १९ का संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ ।

योसँगै भारतमा महामारीको चौथो लहरको आशंका गरिएको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ आठ हजार तीन सय २९ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा थप १० जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हिजो फेला परेका संक्रमितको उक्त संख्या पछिल्लो साढे तीन महिना यताकै सबैभन्दा बढी हो । विशेषगरी महाराष्ट्र, दिल्ली, पश्चिमबंगाल, कर्नाटक र केरलालगायत राज्यमा कोभिड संक्रमितहरु थपिँदै गएका छन् ।

भारतमा हालसम्म कोभिड संक्रमणका कारण पाँच लाख २४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिड – १९ विरुद्धको खोप दिइँदै

Read More →